
राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो ।
सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल बैशाख ६ गते परिपक्व (म्याचुरिटी) हुने जनाएको छ । इच्छुक खरिदकर्ता व्यक्ति वा संघ संस्थाले बैंकको वेवसाइटमा गएर बिलका लागि आवेदन दिन सक्नेछन् । कुल २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मध्ये १५ प्रतिशत भने प्रतिस्पर्धामा नराखि बैंकमा नै सुरक्षित गरिने बैंकले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ