मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भीड, तोडियो स्वास्थ्य मापदण्ड
सोमबार, ०३ माघ २०७८, १४ : ५७
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।
मन्त्री झाँक्रीको पत्रकार सम्मेलनमा भने अत्याधिक भीड देखिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका बेला मन्त्री झाँक्रीको पत्रकार सम्मेलन हलमा झन्डै १ सय जना सहभागी भएका छन् । उता, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अन्य कर्मचारीहरुसहित मन्त्री समेत कन्ट्रयाक ट्रेसिङमा परिरहेका बेला मन्त्रालयमा अत्याधिक भीडभाडसहित पत्रकार सम्मेलन गर्दा स्वास्थ्य मापदण्डको उल्लंघन हुने जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण