अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच कोरोना र सुरक्षाका बारेमा छलफल
सोमबार, ०३ माघ २०७८, १४ : २५
अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उनीहरुले छलफल गर्नुभएको जनाएको छ । त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उनीहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।
“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ । वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप२६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने