कर्मचारीमा कोरोना, श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द
सोमबार, ०३ माघ २०७८, १३ : १५
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेको छ– ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलन मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमका कारण रद्द गरिएको जानकारी गराइन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरू इमेलमार्फत पठाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण