चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ ।
त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो ।
आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए ।त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए ।
उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए । त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
‘ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ’