कोहलीमाथि कपिलको बयान : उनले ‘ईगो’ छाड्नुपर्छ

विराट कोहलीले शनिबार भारतीय क्रिकेट टोलीको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । यसबारे भारतका पूर्वकप्तान कपिल देवले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरै दिनदेखि कोहली दबाबमा देखिएको उनको जिकिर छ । अब कोहलीले ‘ईगो’ त्यागेर नयाँ कप्तानको नेतृत्वमा खेल्नुपर्ने उनको सुझाव छ ।
कपिलले भने, ‘सुनील गवास्करले मेरो नेतृत्वमा खेलेका थिए । मैले श्रीकान्त र अजहरुद्दीनको नेतृत्वमा खेलेँ । ममा कहिले पनि ईगो थिएन । विराटले पनि आफ्नो ईगो त्याग्नुपर्छ र युवा खेलाडीको नेतृत्वमा खेल्नुपर्छ । यसले उनलाई र भारतीय क्रिकेटलाई मद्दत मिल्छ । विराटले नयाँ कप्तानलाई पथ प्रदर्शन गर्नुपर्छ । ब्याट्सम्यानको रूपमा गुमाउन सक्दैनौँ ।’
कपिलले आइतबार अङ्ग्रेजी अखबार मिड–डेसँग कुराकानी गर्दै विराटको निर्णयको स्वागत गरेका थिए । उनले भनेका थिए, ‘म विराटको कप्तान छाड्ने फैसलालाई म स्वागत गर्छु । उनले टी–२० को कप्तानी छाडेदेखि निकै खराब समयबाट गुज्रिरहेका थिए । पछिल्लो समय उनी निकै चिन्तित देखिन्थे । उनी निकै दबाबमा देखिन्थे । उनको यो फैसला उनले खुलेर खेल्नका लागि लिएको हुनसक्छ ।’
कोहलीले टी–२० विश्वकपपछि सो फर्म्याटको कप्तानी छाडेका थिए । त्यसपछि उनलाई एक दिवसीयको कप्तानबाट हटाइएको थियो । उनको साटो रोहित शर्मालाई कप्तान तोकिएको थियो । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र कोहलीबीच विवादको खबर बाहिर आएको थियो । दक्षिण अफ्रिका विरुद्ध टेस्ट शृङ्खलामा हारपछि उनले टेस्टको कप्तानी छाडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन