शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलीमाथि कपिलको बयान : उनले ‘ईगो’ छाड्नुपर्छ

सोमबार, ०३ माघ २०७८, १२ : ५४
सोमबार, ०३ माघ २०७८

विराट कोहलीले शनिबार भारतीय क्रिकेट टोलीको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । यसबारे भारतका पूर्वकप्तान कपिल देवले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरै दिनदेखि कोहली दबाबमा देखिएको उनको जिकिर छ । अब कोहलीले ‘ईगो’ त्यागेर नयाँ कप्तानको नेतृत्वमा खेल्नुपर्ने उनको सुझाव छ ।

कपिलले भने, ‘सुनील गवास्करले मेरो नेतृत्वमा खेलेका थिए । मैले श्रीकान्त र अजहरुद्दीनको नेतृत्वमा खेलेँ । ममा कहिले पनि ईगो थिएन । विराटले पनि आफ्नो ईगो त्याग्नुपर्छ र युवा खेलाडीको नेतृत्वमा खेल्नुपर्छ । यसले उनलाई र भारतीय क्रिकेटलाई मद्दत मिल्छ । विराटले नयाँ कप्तानलाई पथ प्रदर्शन गर्नुपर्छ । ब्याट्सम्यानको रूपमा गुमाउन सक्दैनौँ ।’

कपिलले आइतबार अङ्ग्रेजी अखबार मिड–डेसँग कुराकानी गर्दै विराटको निर्णयको स्वागत गरेका थिए । उनले भनेका थिए, ‘म विराटको कप्तान छाड्ने फैसलालाई म स्वागत गर्छु । उनले टी–२० को कप्तानी छाडेदेखि निकै खराब समयबाट गुज्रिरहेका थिए । पछिल्लो समय उनी निकै चिन्तित देखिन्थे । उनी निकै दबाबमा देखिन्थे । उनको यो फैसला उनले खुलेर खेल्नका लागि लिएको हुनसक्छ ।’

कोहलीले टी–२० विश्वकपपछि सो फर्म्याटको कप्तानी छाडेका थिए । त्यसपछि उनलाई एक दिवसीयको कप्तानबाट हटाइएको थियो । उनको साटो रोहित शर्मालाई कप्तान तोकिएको थियो । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र कोहलीबीच विवादको खबर बाहिर आएको थियो । दक्षिण अफ्रिका विरुद्ध टेस्ट शृङ्खलामा हारपछि उनले टेस्टको कप्तानी छाडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप