विश्वभरीमा १९.३९ लाख नयाँ कोरोना संक्रमित, ३९९० को मृत्यु
विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ ।
हिजो अमेरिकामा मात्रै ३४६ नयाँ मृत्यु भएको छ । सक्रिय संक्रमितको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पुरै विश्वमा ५.५७ करोड सक्रिय संक्रमित रहेका छन् । यसमा अमेरिकामा मात्रै २.३० करोड छन् । पुरै विश्वमा हालसम्म करिब ३२.८७ करोड भन्दा बढी मानिस यस महामारीको चपेटामा आइसकेका छन् । यसमा २६.७४ करोड ठीक भइसकेका छन् । ५५.५७ लाखले ज्यान गुमाइसकेका छन् ।
सिन्ध प्रान्तमा मास्क नलगाएमा तलब कटौती
पाकिस्तानको सिन्ध प्रान्तमा मास्क नलगाउने सरकारी कर्मचारीका एक दिनको तलब कटौती गरिने भएको छ । प्रान्तमा कोभिड–१९ को बढ्दो मामिलालाई मध्यनजर गर्दै यो निर्देशिका जारी गरिएको हो । यहाँ कोरोना पोजिटिभ दर ३५ प्रतिशतमा पुुगेको छ । मुख्यमन्त्री मुुराद अली शाहको अध्यक्षतामा सीएम हाउसमा कोरोना टास्क फोर्सको बैठक भएको थियो । जसमा शाहले भनेको छन्,‘जुन अधिकारीले मास्क लगाउँदैनन्, उनीहरुले जरिवाना तिर्नुपर्ने छ ।’
चीनको लकडाउनबाट आपूर्ति श्रृंखला प्रभावित हुने
आगामी दिनमा विश्वमा आपूर्ति श्रृंखला अझ धेरै प्रभावित हुन सक्छ । चीन विश्वकै तेस्रो ठूलो उत्पादक भएकाले यस्तो हुन्छ । यहाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दो देखिएकाले कडा लकडाउनको व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा