
के ‘दौड’ मा भित्रिएकी हुन् केकी ?

निर्देशक मदन घिमिरे फिल्म ‘दौड’ निर्माणको तयारी गरिरहेका छन् । आफ्नै निर्माण निर्देशनमा उनले यो फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् । ‘दौड’ सामाजिक प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्मको लागि अहिले उनी कलाकारदेखि प्राविधिक छनौट गरिरहेका छन् । केही दिनमा फिल्म निर्माण युनिट सार्वजनिक गर्ने घिमिरेको योजना रहेको छ ।
फिल्मकै सिलसिलामा अभिनेत्री केकी अधिकारीले समेत उनलाई भेटेकी छन् । यी दुईको भेटघाटलाई फिल्मकर्मीले नयाँ फिल्मको टिमअपको रुपमा लिएका छन् । ‘दौड’ फिल्ममा अभिनेत्री केकीको अभिनय रहने समेत चर्चा चलेको छ ।
निर्देशक घिमिरेले केकीसँग भएको भेटको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन् ‘सधैँ कोभिडबाट डराएर पनि त बसिरहनु भएन उच्च सतर्कता र स्वास्थ्य मापदण्ड कायम राख्दै समाजसेवी नायिका केकी अधिकारीसँग नवीनतम कामको लागि छलफल !’
घिमिरेले निर्देशन रहेको पछिल्लो फिल्म ‘आँधितुफान–२’ प्रदर्शनको तयारीमा छ । केकीले भने केही अगाडि दीपक श्रेष्ठ निर्देशित फिल्म ‘घिन्ताङ’ अभिनय सकाएकी थिइन् । उनी पछिल्लो समय टेलिभिजन कार्यक्रम निर्माणमा पनि देखिँदै आएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ