
उदित नारायण झाको नयाँ गीत ‘स्वतन्त्र मन’

बलिउडका लोकप्रिय गायक उदित नारायण झाको स्वर रहेको नेपाली गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरले संगीत दिएका छन् ।
गायक झाले लामो समयपछि नेपाली गीत गाएका हुन् । रोमान्टिक शैलीमा तयार ‘स्वतन्त्र मन’को म्युजिक भिडियो पनि बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ । भिडियोमा आर्यन र वर्षा प्रेमी जोडीको रुपमा देखिएका छन् ।
राजन इशानको संगीत संयोजन रहेको गीतको भिडियो भने बिजेश र राजनले निर्देशन गरेका हुन् । भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निर्देशक बिजेश पौडेलकै सम्पादन छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ