शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराट कोहलीका लागि अनुष्का शर्माको भावुक पोस्ट, ‘मेरो प्रेम, मलाई तपाईंमाथि गर्व छ’

सोमबार, ०३ माघ २०७८, ११ : ५९
सोमबार, ०३ माघ २०७८

विराट कोहलीका लागि अब उनकी श्रीमती अनुष्का शर्माले इन्स्टाग्राममा भावुक पोस्ट सेयर गरेकी छिन् ।

विराटले शनिबार टेस्ट टिम छोड्ने घोषणा गरेका थिए ।

अनुष्का शर्माले आफ्नो पोस्टमा सन् २०१४ को त्यो दिन पनि स्मरण गरिन् जब बिराट कोहलीलाई टेस्ट टीमको कप्तान बनाइएको थियो ।

उनी लेख्छिन्, ‘मलाई सन् २०१४ को त्यो दिन याद छ जब तपाईंले मलाई भन्नुभएको थियो कि तपाईंलाई कप्तान बनाइएको छ किनभने धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेका थिए ।’

‘मलाई याद छ त्यो दिन धोनी, तपाईं र म सँगै बसेर कुराकानी गरिरहेका थियौं र ठट्टामा ‘अब तपाईंको दाह्री कति छिटो सेतो हुन्छ हेर न’ भन्दा हामी असाध्यै धेरै हाँसेका थियौँ ।’

सधैँ मैदानमा मात्रै चुनौती थिएनः अनुष्का शर्मा

अनुष्काले थप लेखेकी छिन्, ‘कप्तानको रुपमा विराट कोहली र टिम इन्डियाले जो हासिल गरेको छ, त्यसमा मलाई गर्व छ ।’

‘त्यसदिन पछि , मैले तपाईंको दाह्री सेतो हुनुबाहेक अन्य धेरै कुरा देखेँ । मैले तपाईंको वरिपरि र तपाईंभित्र धेरै सुधार देखेकी छु । र साँच्ची, भारतीय क्रिकेट टिमका कप्तानको रुपमा तपाईंको र तपाईंको नेतृत्वमा टिमले जुन उपलब्धि हासिल गरेको छ, त्यसमा मलाई असाध्यै गर्व छ । तर तपाईंले आफूभित्र जे हासिल गर्नुभएको छ, त्यसमा भने मलाई सबैभन्दा बढी गर्व छ । ’

उक्त भावुक पोस्टमा पछिल्लो ७ वर्षम विराट कोहलीका चुनौतीको पनि बयान गरिएको छ ।

अनुष्काले लेखेकी छिन्, ‘सन् २०१४ मा हामी यति साना र सिधा–सादा थियौँ कि हामीलाई लाग्थ्यो कि राम्रो उद्देश्य, सकारात्मक सोच र लक्ष्यले नै तपाईंलाई जीवनमा अघि बढाउनका लागि काफी छ । जीवनमा अघि बढ्नका लागि यी चिज पक्कै पनि आवश्यक त छ तर चुनौतीको सामना नगरिकन तपाईं अघि बढ्न सक्नुहुन्नँ ।’

अनुष्का थप्छिन्, ‘यीमध्ये धेरैजसो चुनौती जुन हामीले सामना गर्यौँ, ती सबै मैदानमा मात्रै थिएनन् । तर यही जीवन हो, हो कि होइन ? यसले ती स्थानमा तपाईंको परीक्षा लिन्छ जहाँ तपाईंले यसको सबैभन्दा कम आशा गरिरहनुभएको हुन्छ तर जहाँ तपाईंलाई यसको सबैभन्दा बढी आवश्यक छ । र मेरो प्रेम, मलाई तपाईंमाथि असाध्यै धेरै गर्व छ कि तपाईंले राम्रो उद्देश्यका बीच अरु केहीलाई प्रवेश हुन दिनुभएन ।’

अनुष्का शर्माकमा अनुसार उनले ती समय पनि देखेकी छिन् जब बिराट कोहली कुनै पराजयपछि आँखामा आँसु लिएर बसिरहेका हुन्थे तर उनले कहिल्यै हिम्मत भने हारेनन् ।

उनले लेखेकी छिन्, ‘तपाईंले जुन तरिकाले टीमको नेतृत्व गर्नुभयो, त्यो एक उदाहरण हो र आफ्नो शरीरको पूरा ऊर्जा निकालेर मैदानमा जीत हासिल गर्नुभयो । केही पराजयपछि म तपाईंको नजिक बसिरहन्थेँ र तपाईंको आँखामा आँसु हुन्थे, जब तपाईं सोच्नुहुन्थ्यो कि, मैले गर्न सक्ने कुरा अझै पनि बाँकी छ र ?’’

तपाईं अरुभन्दा भिन्न हुनुहुन्छः

करिब चारसय शब्दको आफ्नो इन्स्टाग्राम पोस्टमा अनुष्का शर्माले बिराट कोहलीलाई अरुभन्दा भिन्न बनाउने विशेषताबारे पनि लेखेकी छिन् ।

अनुष्का लेख्छिन्, ‘तपाईं यस्तै हुनुहुन्छ र अरुबाट पनि यस्तै आशा राख्नुहुन्छ । तपाईं अरुभन्दा भिन्न हुनुहुन्छ र स्पष्टवक्ता हुनुहुन्छ । देखावटी तपाईंको दुश्मन हो र यसैले तपाईंलाई मेरो र तपाईंका प्रशंसकको नजरमा महान बनाउँछ । किनभने यी सबैको पछाडि सधैं तपाईंको उत्कृष्ट र स्पष्ट उद्देश्य थिए । र सबैले यी कुरालाई राम्रो तरिकाले बुझ्न सक्दैनन् । वास्तवमा धन्य छन् ती मानिसहरु जसले तपाईंलाई नजिकबाट बुझ्ने प्रयास गरे ।’

‘आफ्ना कमजोरी लुकाउने कोसिस कहिल्यै गरेनन्ः

आफ्नो पोस्टको अन्त्यमा अनुष्का शर्मा लेख्छिन्, ‘तपाईं परफेक्ट हुनुहुन्नँ र तपाईंमा कमजोरी छ तर तपाईंले त्यसलाई लुकाउने कोसिस कहिले गर्नुभयो ? तपाईं सधैँ सही र मुश्किल काम गर्नका लागि तयार हुनुभयो । तपाईंले लोभमा केही पनि गर्नुभएन, यो अवस्थामा पनि लोभी हुनुभएन र यो मलाई राम्रोसँग थाहा छ । तपाईंप्रति मेरो असिम प्रेम छ ।’

स्मरण रहोस्, टेस्ट क्रिकेटको कप्तानी छोड्नुअघि केही समयदेखि विराट कोहली र बीसीसीआईबीच विवाद चलिरहेको थियो । ।

कोहलीले ट्वेन्टी–२० विश्व कपअघि भारतको टी–२० टीमको कप्तानी छोड्ने घोषणा गरेका थिए । त्यसपछि वनडेको कप्तानीपछि उनको स्थानमा रोहित शर्मालाई सुम्पिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप