शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस्, चुरियामाई मन्दिर

सोमबार, ०३ माघ २०७८, ११ : ५६
सोमबार, ०३ माघ २०७८

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सडक किनारमा चुरियामाई मन्दिर अवस्थित छ । तत्कालिन समयमा राजमार्ग निर्माण गर्ने क्रममा सो क्षेत्रमा अप्रिय घटनाहरु नहोस् भन्ने मान्यताका साथ बारा र मकवानपुरको सीमानामा चुरियामाई मन्दिरको स्थापना गरिएको हो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सो क्षेत्रमा हुने गरेको अप्रिय घटनाहरूको न्यूनीकरणका लागि पश्चिम मुख फर्काएर चुरियामाई देवी मन्दिरको स्थापना गरिएको जानकारहरु बताउँछन् । सो मन्दिर छेउमा एसियाकै पहिलो सुरुङ्मार्गसमेत स्थापना गरिएको छ ।

तत्कालीन समयमा आर्किटेक्चर इन्जिनियर ब्रिगेडियर कर्नेल डिल्लीजंग थापाले सो सुरुङको डिजाइन गरेका हुन् । चुरियामाई मन्दिर स्थापनाको इतिहास सो सुरुङ निर्माणसँग जोडिएको छ । कर्नेल थापाले सुरुङमार्गको डिजाइन चुरियाको डाँडामा बीचबाट सवारी आवागमन गर्ने कार्यको थालनी गरे । तत्कालिन समयमा सो क्षेत्रमा चुरियामाई मन्दिरको थान रहेको भनी सपनामा अलौकिक आदेश भएपनि चुरियामाई देवीको मन्दिर स्थापना गरिएको विश्वास रहिआएको छ ।

कर्नेल थापालाई भएको अलौकिक आदेशअनुसार सो क्षेत्रमा उत्खनन् गरी हेर्दा देवीको मूर्ति भेटिएको थियो । त्यसपछि सो क्षेत्रमा सुरुङ निर्माणको काम सन् १९१७ मा प्रारम्भ भएको पाइन्छ । सोहि कार्यको कदर स्वरुप मन्दिरको प्राङ्गणमा कर्णेल थापाको अर्ध कदको सालिक समेत स्थापना गरिएको छ ।

सडक क्षेत्रबाट करिब २ मिनेट पैदल यात्रापछि सजिलै पुग्न सकिने शक्ति पिठ हो चुरियामाई । नयाँ सवारी साधन खरिद गर्दा होस् वा अन्य शुभकार्य प्रारम्भ गर्दा, मन्दिरमा पुजा गर्ने भक्तजनहरूको भीड लाग्ने गर्दछ । शनिबार र मंगलबार बाक्लो मात्रामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ । छिमेकी मुलुक भारतको विभिन्न शहर र नेपालका तराई क्षेत्र तथा विभिन्न जिल्लाका भक्तजनहरू आउने गरेका छन् ।

सो मन्दिरमा बोका, कुखुरा, हाँसलगायतका जीव जनावरलाई बदी चढाउने परम्परासमेत रहिआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप