उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण
सोमबार, ०३ माघ २०७८, ११ : ३३
उत्तर कोरियाले दुईवटा छोटो दुरीको ‘बालिस्टिक’ क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । यो महिना उत्तरले गरेको यो चौथो परीक्षण भएको दक्षिण कोरियाको सेनाले जनाएको हो ।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले सोमबार राजधानीमा रहेको सुनान विमानस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । ती क्षेप्यास्त्र ४२ किलोमिटरको उचाइमा ३८० किलोमिटर टाढासम्म पुगेको थियो ।
जापान सरकारले पनि क्षेप्यास्त्र प्रहार भएको जिकिर गर्दै त्यसको भर्त्सना गरेको छ । जापानको रक्षामन्त्री नोबु किसीले ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तट नजिकै खसेको बताए । शुक्रबार उत्तरले रेलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै