त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक्ष्यभन्दा बढी राजश्व संकलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ६ महिनामा साढे १३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विमानस्थलको भन्सार कार्यालयबाट साउनदेखि पुस महिनासम्ममा १३ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन भएको हो ।
विमानस्थल भन्सारले यस अवधिमा ११ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५.७ प्रतिशत बढी राजश्व संकलन गरेको हो । यस्तै, उक्त भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा जम्मा ८ अर्ब ४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको ६ महिनामा ४ अर्ब ५२ करोड रुपैयाँ बढी राजश्व संकलन भएको हो । यो गत वर्षको यही अवधिको तुलनाको भन्दा ६८ प्रतिशतले बढी भएको त्रिभुवन भन्सार कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समयमा विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्याङ्कनमा गरिएको सुधारका कारण राजश्व संकलनमा सुधार आएको हो । यस्तै, यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाइलको प्रभावकारी नियमनले समेत राजश्व रकम बढाउन सहयोग पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ