
हालान्ड आए बेन्जेमा जाने

अर्लिङ हालान्डलाई भित्र्याए आफू क्लब छाडेर जाने करिम बेन्जेमाले रियल म्याड्रिडलाई बताएका छन् । एल नासिनोलमा प्रकाशित रिपोर्टका अनुसार फ्रेन्च स्ट्राइकरले अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई भेटेर स्यान्टियागो बर्नेबाउमा नै बस्न चाहेको स्पष्ट पारेका थिए ।
तर, क्लबले बोरुसिया डर्टमण्डबाट हालन्डलाई भित्र्याए भने आफू क्लबबाट बाहिरिने बताएका हुन् । क्लबले किलियान एम्बाप्पेलाई अनुबन्ध गरेको खण्डमा चाहिँ बेन्जेमाले क्लबमा नै रहने पनि बताएका छन् । फ्रान्सका दुवै खेलाडीबीच तालमेल राम्रो रहेको छ । बेन्जेमाको रियल म्याड्रिडसँग सन् २०२३ सम्म रहेको छ । तर, हालन्ड भित्रिए सन् २०२२ मा नै आफू बाहिरिन तयार रहेको बेन्जेमाको भनाई छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ