लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएको छ । जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो ।
सदरमुकाम बेंसीशहरसहित सुन्दर बजारमा पनि आइसोलेसन सहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेसन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।
नमुना अस्पतालमा ४० बेडको आइसोलेसन तयार गर्ने निर्णय गरेको हो । सुन्दर बजार नगरपालिका उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको छलफलमा कोभिड संक्रमण न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् ।
जिल्ला प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको नियमित जाँच गर्ने निर्णय भएको छ । सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मास्कको प्रयोग नगरेको पाइएमा चालक तथा सहचालकलाई कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्‍वर अधिकारीले बताए ।
बेंसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा २५ बेडको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला अस्पतालको आईसोलेसन कक्षमा प्रत्येक बेडका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको छ ।
जिल्लामा आइतबार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’