कोरोना महामारी : गरिब कोभिडले मरे, धनीहरुको सम्पत्ति दोब्बरले बढ्यो
![कोरोना महामारी : गरिब कोभिडले मरे, धनीहरुको सम्पत्ति दोब्बरले बढ्यो](https://rpcdn.ratopati.com/media/albums/pandemic_5jYzwIKBeA.jpg)
महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ ।
यो कुरा च्यारिटी संस्था अक्सफ्यामको रिपोर्टमा सार्वजनिक भएको छ ।
रिपोर्टमा दाबी गरिए अनुसार संसारमा अत्यधिक गरिबका कारण दैनिक २१,३०० को मृत्यु भएको छ । यस्तै, संसारका १० सर्वाधिक धनीको सम्पत्तिमा मार्च २०२० देखि हालसम्म दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।
अक्सफ्याम साधारणतया दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकको सुरुवातमा विश्वव्यापी असमानतामा एउटा रिपोर्ट जारी गर्छ ।
यो वार्षिक आयोजनामा साधारणतया हजारौँ कर्पोरेट र राजनीतिक नेता, चर्चित हस्ती, अर्थशास्त्री र पत्रकार स्विस स्की रिसोर्टमा व्यानल चर्चाका लागि जम्मा हुने गर्छन् ।
यद्यपि, यस वर्षका लागि यसै हप्तादेखि सुरु हुन लागेको यो आयोजना लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुने भएको छ ।
अक्सफ्यामका मुख्य कार्यकारी डेनी श्रीस्कन्दराजाहले च्यारिटी संस्था आर्थिक, व्यावसायिक र राजनीतिक कुलीन वर्गको ध्यान आकर्षित् गर्नका लागि दावोसमा हुने आयोजनामा यो रिपोर्ट जारी गर्ने जानकारी दिएका छन् ।
उनले भने, ‘यो वर्ष जे भइरहेको छ त्यो असाधारण हो । यो महामारीको समयमा पनि हरेक दिन नयाँ करोडपति बनिरहेका छन् ।’
उनी थप्छन्, ‘यसैबीच संसारका ९९ प्रतिशत जनसंख्या लकडाउन, कम अन्तर्राष्ट्रिय व्यापार, कम अन्तर्राष्ट्रिय पर्यटनका कमारण नराम्रोसँग प्रभावित भएको छ । र यसको परिणामस्वरुप लगभग १६ करोड नयाँ व्यक्ति गरिबीतफए धकेलिएका छन् । यसले बताउँछ कि हाम्रो आर्थिक प्रणालीमा ठूलो स्तरमा कमी छ ।’
फोर्ब्सको आँकडा अनुसार संसारका १० सर्वाधिक धनी व्यक्ति – एलन मस्क, जेफ बेजोस, बर्नार्ड अरनल्ट, बिल गेट्स, लेरी एलिसन। लेसी पेज, सर्गेई ब्रिन, मार्क जुकरबर्ग, स्टिभ बाल्मर र वारेन बफेट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली