बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

फेसबुकमाथि गलत तरिकाले डेटा प्रयोग गरेको आरोप, बेलायतमा मुद्दा दर्ता

सोमबार, ०३ माघ २०७८, १० : ४९
सोमबार, ०३ माघ २०७८

सोशल मिडिया कम्पनी फेसबुक (मेटा) माथि ४.४ करोडभन्दा बढी यूजर्सको डेटा गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ । सो कम्पनीले यूजर्समाथि नाजायज सर्त राखेर उनीहरुको निजी डेटा सेयर गरेर अर्बौ डलर सम्पत्ति कमाएको आरोप लागेको हो । यसलाई लिएर कम्पनीका विरुद्धमा बेलायतमा ३२ करोड डलरको मुद्धा दर्ता गरिएको छ ।

बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) का वरिष्ठ सल्लाहकार लिजा लवडाल गोर्मसनले ती पीडितको तर्फबाट मुद्दा दर्ता गरेका हुन् । जसले सन् २०१५ देखि २०१९ को बीचमा फेसबुकको प्रयोग गरेका थिए । लन्डनको कम्पिटिसन अपिल ट्रिब्यूनलले यो मुृद्दााको सुनुवाई गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप