ad
x
अन्तरवार्ता

‘हामी पितृसत्ताका विरुद्धमा छौँ, पुरुषका विरुद्ध होइन’

मार्क्स आफै पनि मार्क्सवादी थिएनन् : नवल एल सदावी

person explore access_timeमाघ ३, २०७८ chat_bubble_outline0

नवल एल सदावी इजिप्टकी नारीवादी लेखक हुन् । २७ अक्टोबर १९३१ जन्मिएकी उनले समाजमा महिला र पुरुषबीच भएको विभेदलाई सुक्ष्म रूपमा उनका कृतिहरूमा केलाएकी छन् । पेसाले मनोचिकित्सक उनले नारीप्रति हुने विभेदका बारेमा धेरै पुस्तक लेखेकी छन् ।


उनका ओमेन एट पोइन्ट जिरो, वुमन एगेन्स्ट हर सेक्स, मेमोरी अफ एन वुमन डाक्टर, अ डटर अफ आईएसआईएस, मेमोरी फर्म द वुमन्स प्रिजन, द फल अफ द इमाम, द हिडन फेस अफ इभ लगायत करिब ५५ पुस्तक प्रकाशित छन् । वुमन एन्ड सेक्स पुस्तकले विश्वमा नारीवादी आन्दोलनको दोस्रो तरङ्गको आधार तयार गरेको भनिन्छ । प्रस्तुत छ, उनीसँग च्यानल फोर न्युजका प्रस्तोताले लिएको अन्तरवार्ताको भावानुवाद :



तपाईंको जीवनका अनुसन्धानबारे केही गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ, किनभने ८६ वर्षसम्मका पूरै समय तपाईंले खर्चनुभएको छ । तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ?



अवश्य, म एक मानव हुँ । एक लेखक, एक महिला, एक व्यक्ति जो आफ्नैबारेमा निर्भीक र स्वतन्त्र तरिकाले उसका आस्था र विश्वासहरू अभिव्यक्त गर्ने कोसिस गरिरहेको छ । 



हो, मेरो विचारमा यो जेनेटिक भाग हो । मेरी आमा परिवर्तनकारी हुनुहुन्थ्यो । उहाँ गाउँको एक आदर्श व्यक्ति हुनुहुन्थ्यो । उहाँ निरक्षर भएर पनि परिवर्तनकारी हुनुहुन्थ्यो । परिवर्तनकारी चिज उहाँको रगतमा थियो । उहाँको जिनको एक हिस्सा मेरो शरीर र रगतमा छ । अर्को भागचाहिँ ज्ञानबाट प्राप्त गरिन्छ । यस्तो प्राप्ति तालिम, अध्ययन, भ्रमण आदिबाट प्राप्त गरिन्छ । एक भाग जेनेटिक र एक भाग ज्ञान प्राप्ति हो । 



ममाथि अन्याय भयो । निर्दयी तरिकाले ममाथि अन्याय भयो । त्यो समयदेखि मैले विद्रोह गरेँ । मैले त्यो समयदेखि अनुभव गर्न थालेँ । त्यस्ता कुरालाई मैले अस्वीकार गर्दै आएँ । 



–तपाईंले अटोबायोग्राफीमा युवा अवस्थामा पितृसत्ताका बारेमा चेतना आएको कुरा उल्लेख गर्नु भएको थियो नि ? 



म ६ वर्षको उमेरमा स्कुल जाँदा शिक्षकले तिम्रो नाम लेख भने । त्यसैले मैले नवाल लेखेँ । हैन ‘आफ्नो पूरा नाम लेख्’ भने । अनि नवाल जेनव लेखेँ । जेनव मेरी आमाको नाम थियो । किनभने आमाले मलाई वर्णमाला कसरी लेख्ने भनेर सिकाएकी थिइन् । त्यसपछि अति निर्दयी तरिकाले आमाको नाम काटिदिए । अनि ‘तिम्रो बुबा, हजुरबुबाको थर लेख’ भने । यो क्षण मबाट केही हटाएजस्तो भयो । ‘किन ? किन मेरी आमाको थर काटिदिएको ?’ भनेँ । उनी मेरी एक आदर्श हुन्, जसले मलाई कसरी लेख्ने, पढ्ने भनेर हरेक कुरा सिकाएकी छन् । 



–तपाईंले ६ वर्षको उमेरमै एक बालिकामाथि अन्याय भएको महसुस गर्नुभयो ? 

हो, ममाथि अन्याय भयो । निर्दयी तरिकाले ममाथि अन्याय भयो । त्यो समयदेखि मैले विद्रोह गरेँ । मैले त्यो समयदेखि अनुभव गर्न थालेँ । त्यस्ता कुरालाई मैले अस्वीकार गर्दै आएँ । 

–तपाईंले १९४० पछि महिला अधिकार वा महिलावादी आन्दोलनलाई जोड दिँदै आउनुभएको हो ?

होइन, मेरा आमबुबा तुलनात्मक रूपमा स्वतन्त्र थिए, अरूका जस्ता थिएनन् । किनभने  १० वर्षकी उमेरमा मेरो भदैनीले विवाह गरेकी थिइन् । त्यस्तै मेरो पनि १० वर्षको हुँदा विवाह गर् भनेर प्रस्ताव आएको थियो । तर फेरि मैले विद्रोह गरेँ, किनभने मलाई शिक्षाप्रति झुकाव थियो । म स्कुल जान चाहन्थेँ । मेरा आमाबुबाले मलाई अध्ययनका लागि केही सहयोग गर्थे । तर परिवारले अरू केटीहरूलाई जस्तो विवाह गरिदिएनन् । के–के भन्दै टार्दै आएँ । मैले विद्रोह गरेँ, मेरा आमाबुबा मेरा पक्षमा थिए किनभने म विद्यालयमा पनि उत्कृष्ट विद्यार्थी थिएँ । त्यसैले मैले अध्ययनलाई निरन्तरता दिन सकेँ । त्यसैले गर्दा मैले चिकित्सा शिक्षा अध्ययनका लागि विश्वविद्यालय जान पाएँ । तर त्यो अवधिमा मेरो परिवारमा रहेका सबै केटीहरूको विवाह भयो, जो उमेरले धेरै साना थिए । 

संसारभरि नै यही छ । भगवानलाई दोष दिएर पन्छिन्छन् । म मुस्लिम देशमा बसिनँ तर मुस्लिम लगायत हिन्दु, क्रिस्चियन, जुज सबैले सधैँभरि भगवानका बारेमा कुरा गर्छन् । भारतमा केही छैन तर पनि धेरै मानिसहरू भगवानतिर केन्द्रित छन् । तर विशेषगरी हाम्रो देशमा भगवानले जहिल्यै हस्तक्षेप गर्छन् । कतिसम्म भने लोग्नेस्वास्नी सुत्दासमेत भगवानले हस्तक्षेप गर्छन् । 

–जब १०, ११, १२ वर्षको हुनुहुन्थ्यो त्यो समयमा पुरुषप्रति तपाईंको दृष्टिकोण कस्तो थियो ? 

म सानो छँदा पुरुषहरूप्रति घृणा गर्थें । किन भन्नुहुन्छ भने मेरो दाइ जो मभन्दा एक वर्ष जेठा थिए । अनि ऊ स्कुलमा पनि राम्रो पढ्दैन थियो, ज्यादै अल्छी । ऊ पुरुष र केटो भएर उम्लिएको÷मात्तिएको थियो । त्यसैले उसले राम्रो गरी पढेन । घरमा पनि राम्ररी काम गरेन । मैले घरको काम पनि राम्ररी गरेँ र विद्यालयमा पनि राम्ररी अध्ययन गरेँ । ऊ जता मनलाग्यो त्यतै फटाहा भएर हिँड्थ्यो । मैले उसलाई घृणा गरेको महसुस गरेँ । किनभने पुरुष भएकैले उसलाई धेरै विशेष अधिकार थिए । त्यसैले मलाई ऊदेखि धेरै रिस उठेको थियो र भगवानसँग पनि, किनभने त्यो सबै भगवानले भनेका हुन् भन्थे मेरो परिवारले । 

–तपाईंको परिवार भगवानले नै भनेको भनेर पन्छिन्थे ?

हो, उनीहरू उत्तर दिन सक्दैन थिए र भगवानले भनेका हुन् भन्थे । ऊ केटा हो त्यसैले तिमीसँग भएको भन्दा दोब्बर अधिकार र स्वतन्त्र छ भन्थे । 

–यो कुरा अझै मध्यपूर्वका मानिसहरू भनिरहेका छन् नि ? विशेषगरी मुस्लिम देशहरूमा ‘यस्तो किन भएको हो’ भनेर सोध्दा भगवानले भनेको भनेर उत्तर दिन्छन् ? 

मध्यपूर्वमा मात्र होइन, संसारभरि नै यही छ । भगवानलाई दोष दिएर पन्छिन्छन् । म मुस्लिम देशमा बसिनँ तर मुस्लिम लगायत हिन्दु, क्रिस्चियन, जुज सबैले सधैँभरि भगवानका बारेमा कुरा गर्छन् । भारतमा केही छैन तर पनि धेरै मानिसहरू भगवानतिर केन्द्रित छन् । तर विशेषगरी हाम्रो देशमा भगवानले जहिल्यै हस्तक्षेप गर्छन् । कतिसम्म भने लोग्नेस्वास्नी सुत्दासमेत भगवानले हस्तक्षेप गर्छन् । 

त्यसैले मैले पहिलो अक्षर भगवानले गरेको हस्तक्षेपका बारेमा लेखेको छु । ‘हो भगवान् तिमीले न्याय गर्न सकेनौ र तिमीले नराम्रो व्यवहार गर्‍यौ । अनि मेरो दाजुलाई मभन्दा राम्रो व्यवहार गर्‍यौ, तर ऊभन्दा म धेरै चलाख र बुद्धिमानी छु । यो न्याय होइन । यदि तिमी न्याय गर्न सक्दैनौ भने म तिमीमाथि विश्वास गर्न तयार हुन सक्दिनँ ।’ बच्चाकै उमेरमा मैले यो कुरा लेखेँ ।

यसपछि म एक मनोचिकित्सक भएँ । अझै छु । यस कार्यमा मेरो क्लिनिकमा आउने धेरै लोग्नेमान्छे र स्वास्नीमान्छेलाई उनीहरूको बाल्यकालका बारेमा मैले सोधेको छु । तिनीहरूले मैले भोगेकै कुरा भनेका छन् । तर त्यहाँ उनीहरू र भगवानका बारेमा धेरै विवाद छन् । 

म हरेक कुरा परिवर्तन गर्न चाहन्थेँ किनभने जताततै अन्याय छ । यो सबैमा अन्याय छ । हरेक पाइलामा, घरभित्र, बाटामा । केटाहरूले बाटामा कस्तो व्यवहार गर्छन् ?

–तपाईंलाई कैयौँ पुरुष र महिला र विद्यार्थीले दशकदेखि महिलावादी लेखकका रूपमा अध्ययन गर्दै आएका छन्, यसमा पितृसत्ता अन्यायको कुन कुरालाई केन्द्र बनाएर लेख्ने निर्णय गर्दै हुनुहुन्छ ?    

मलाई लाग्छ, मेरो सम्पूर्ण जीवनमा लेखिसकेको छु । मैले १५ वर्षमा लेखेको एउटा किताब छ । मसँग लुकाएर लेखेको गोप्य डायरी थियो । ‘माई मर्ज ओभर लाइफ’ भन्ने बाल्यकालको बारेको पुस्तक प्रकाशन गरेकी थिएँ । त्यसमा पितृसत्ताको विरोध के हो, तपाईंले त्यहाँ हेर्न सक्नुहुन्छ । किनभने पितृसत्ताको परिभाषा दोहोरो अर्थ दिने छ । यसमा दोहोरो चरित्र, दोहोरो अर्थ दिने कानुन नियमहरू छन् । त्यस्तो छ, जसमा महिलालाई पुरुष भएकै कारणले दबाएर राख्छ । नारीवाद त्यस्तो होइन जुन मैले अध्ययन गरेकी छु । महिलाहरु नारीवाद नजानीकन नारीवादी हुन्छन् । यसबारे मेरा समस्या, दिदीबहिनीसँग भगवानका समस्याबारे, मेरो अधिकारका लागि मैले कलम समाएकी हुँ ।

–तपाईं आफ्ना भावना व्यक्त गर्न लेख्नुहुन्छ कि यस्ता कुराको परिवर्तनका लागि लेख्नुहुन्छ ? 

वास्तवमा पहिलो त म आफ्नै भावना अभिव्यक्त गर्न लेख्छु । युवा उमेरमा म परिवर्तन गर्नेबारे त्यतिधेरै चेतनशील थिइनँ । म आफ्नै डर, त्रास, रिस र शत्रुता हरेक कुरा बाहिर पोख्न मात्र चाहन्थेँ, यसबाट छुट्कारा पाउन । पछि उमेर बढ्दै जाँदा चिकित्सा अध्ययन गरेपछि चेतना बढ्दै गयो । विस्तारै ममा परिवर्तनका लागि केही गर्ने चाहना आयो, विश्वमै परिवर्तन आउन आवश्यक ठानेँ । 

–के चाहिँ परिवर्तन गर्न चाहनुहुन्थ्यो ?

म हरेक कुरा परिवर्तन गर्न चाहन्थेँ किनभने जताततै अन्याय छ । यो सबैमा अन्याय छ । हरेक पाइलामा, घरभित्र, बाटामा । केटाहरूले बाटामा कस्तो व्यवहार गर्छन् ? जब म बच्चा थिएँ, ब्याग बोकेर स्कुल जान्थेँ, बच्चाहरू (केटा) मेरा छातीमा मसिना ढुङ्गाले हान्ने गर्थे । म केटी भएकै कारण बाहिर हिँड्दा विशेष गरेर मेरो छातीमै ताकेर फ्याँक्ने गर्थे । अनि मैले पनि प्रतिकार गरेँ, उनीहरूलाई पनि आक्रामक भएर ढुङ्गाले हिर्काएँ । जब उनीहरूले म आक्रामक भएको थाहा पाउँथे, मदेखि डराउँथे । त्यो त्यतिबेलाको तुरुन्तको निर्णय थियो । म आक्रामक भएको महसुस हुन्थ्यो मलाई, कसैले आक्रमण गरे भने मैले पनि आक्रमण गर्नुपर्छ भन्ने निर्णय गर्नु ठीक हो भन्ने म ठान्थेँ । किनभने जब मदेखि केटाहरू डराएर मभन्दा टाढा भाग्थे, त्यसपछि उनीहरूले कहिल्यै मलाई ढुङ्गाले हानेनन् ।  

–तपाईंले आफ्नो जीवनमा, रोजगारीका क्रममा संसार परिवर्तन भएको देख्नुभयो ? 

अवश्य देखेकी छु । जब म बच्चा थिएँ, माध्यमिक विद्यायकी एक किशोरी थिएँ, चिकित्सा अध्ययनमा कलेजमा थिएँ, अचेतन रूपमा विश्वलाई परिवर्तन गर्न चाहेकी थिएँ । तर ग्र्याजुएटपछि, काम गर्न थालेपछि महिलाहरूलाई सङ्गठित गर्न थालेँ, सङ्गठनका फाइदाहरू बुझ्न थालेँ । म एक्लैले विश्वमा परिवर्तन ल्याउन सक्दिनँ । हामीलाई ठूलो सङ्गठन आवश्यक पर्छ । जो मान्छे सङ्गठनमा आउँछन्, उनीहरू आफ्ना अधिकारप्रति सचेत हुनुपर्छ । त्यसपछि महिला अधिकारका बारेमा गम्भीर भएर लेख्न थालेँ । यो बिस्तारै विस्तारै यो परिवर्तन हुँदै आयो । 

हाम्रो सङ्गठनको उद्देश्य महिलालाई स्वतन्त्रता दिलाउनु थियो । स्वतन्त्र महिलावादी विचार निर्माण गर्नु होइन । महिलालाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक, शारीरिक, सांस्कृतिक रूपमा स्वतन्त्रा दिलाउनु हाम्रो उद्देश्य थियो ।

–तपाईंहरूको एउटा सङ्गठन पनि थियो नि त्यसका लागि ? 

हो हामीसँग सङ्गठन थियो तर प्रतिबन्धित थियो । 

–तपाईंको विचारमा किन प्रतिबन्धित थियो ?

सरकारले किन प्रतिबन्ध लगायो भने जब मलाई जेल हालियो, मेरो जीवन विपरीत दिशातर्फ गयो । मेरा निर्णयहरू वृद्धि हुँदै गए । धेरैभन्दा धेरै अध्ययन गरेँ, धेरैभन्दा धेरै महसुस गर्न थालेँ । धेरैभन्दा धेरै अन्याय भएको महसुस गरेँ ।

–तपाईंको सङ्गठनको उद्देश्य के थियो ? 

हाम्रो सङ्गठनको उद्देश्य महिलालाई स्वतन्त्रता दिलाउनु थियो । स्वतन्त्र महिलावादी विचार निर्माण गर्नु होइन । महिलालाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक, शारीरिक, सांस्कृतिक रूपमा स्वतन्त्रा दिलाउनु हाम्रो उद्देश्य थियो । हाम्रो सङ्गठनको नारा ‘ऐतिहासिक समाजवादी नारीवाद’ थियो । किनभने हामीले इतिहासको अध्ययन गर्यौँ र हामीले के बुझ्यौँ भने महिलामाथिको दमन इजिप्ट अथवा अरबका कुनै क्षेत्रमा मात्र सीमित छैन । यो इतिहासदेखि नै छ, जताततै र हरेक देशमा छ । महिलाहरूले विद्रोह गरिरहेका छन् । सबै सम्प्रदायमा भारत, इजिप्ट सबैतिर । हिन्दु धर्मभित्र, जुज धर्मभित्र, क्रिस्चियनभित्र, मुस्लिमभित्र सबैतिर महिलाहरू आफ्नो अधिकारका लागि लडिरहेका छन् । त्यसैले हामीले ऐतिहासिक रूपमा भनेका हौँ । नारीवाद भनेको पश्चिमाहरूले आविष्कार गरेको होइन । धेरै मानिसहरूले सोचेजस्तो नारीवाद अमेरिकी महिलाहरूले आविष्कार गरेको होइन । नारीवाद संस्कृतिबाट आविष्कार भएको हो र संसारका महिलाहरूको सङ्घर्षबाट जन्मिएको हो । त्यसैले हामीले यसलाई ऐतिहासिक भनेका हौँ । 

अनि हामीले समाजवादी भनेका छौँ किनभने हामी वर्गीय विभेदको विरुद्धमा छौँ, पुँजीवादको विरुद्धमा छौँ । किनभने पुँजीवाद पितृसत्तासँग जोडिएको छ । हामी पितृसत्ताका विरुद्धमा छौँ, पुरुषका विरुद्ध होइन, पुरुष विरोधी हामी होइनौँ । पितृसत्ताका विरुद्ध छौँ, पितृसत्तात्मक पद्धतिका विरुद्धमा छौँ । धर्म संस्कृतिमा, धनसम्पत्तिमा, संस्कृतिमा, विज्ञानमा हरेक चिजमा पुरुषहरूको दमन छ । त्यसैले हामीले ऐतिहासिक समाजवादी नारीवाद भनेका हौँ । ​

मैले मार्क्सलाई पढेकी छु । धेरै मार्क्सवादीले मार्क्सलाई कहिल्यै अध्ययन गरेका छैनन् । किनभने म मार्क्सवादी र परम्परावादी होइन ।

–अनि यो सङ्गठनदेखि पुरुष र सत्ता त्रसित भयो, डरायो ? 

अवश्य उनीहरूलाई यसले त्रसित बनाएको थियो । त्यही कारण यसलाई प्रतिबन्ध लगाए । वास्तवमा हामीले विद्रोहको सिर्जना गर्‍यौँ । किनभने हामी महिलामात्र छैनौँ, हामीसँग ४० प्रतिशत पुरुष छन्, ती पनि युवा अवस्थाका पुरुष छन्, धेरै उत्साही ।

–किन तिनीहरू सङ्गठनमा आबद्ध भए ? 

किनभने पुरुषहरू पनि पितृसत्ताबाट दबाइएका छन् । पितृसत्ताले महिला र पुरुष दुवैलाई  दबाएको छ, महिलालाई मात्र हैन । उनीहरूले त्यसलाई बुझे र त्यसविरुद्ध लेख्न थाले । अनि तिनीहरू पनि यो वर्गीय विभेद र पुँजीवादविरुद्ध लागे । उनीहरूले आपसी सम्बन्धलाई ज्यादै मन पराए । उनीहरूले वर्गीय विभेद र पुँजीवादबीचको सम्बन्ध विरुद्धको कारबाही मन पराए । तिनीहरू धेरैजसो समाजवादी थिए, केहीचाहिँ मार्क्सवादी पनि थिए । मार्क्सवादी हामीसँग मिल्दैनन् । किनभने महिलाको छुट्टै सङ्गठन हुनुहुँदैन भन्छन् । कम्युनिस्ट भयौँ भने महिलाहरू स्वतः स्वतन्त्र हुन्छन् । त्यसैले हामी उनीहरूसँग सहमत हुन सकेनौँ । तर युवा समाजवादीहरू जो वर्गीय विभेदविरुद्ध, आर्थिक व्यवहार, महिलामाथि हुने व्यवहार, लैङ्गिक व्यवहार, यौनिक अल्पसङ्ख्यकका व्यवहारसँग सीधै जोडिएका हुन्छन्, उनीहरू हामीसँग जोडिएका छन् ।

–तपाईं किन कम्युनिस्ट होइन ? 

मैले मार्क्सलाई पढेकी छु । धेरै मार्क्सवादीले मार्क्सलाई कहिल्यै अध्ययन गरेका छैनन् । किनभने म मार्क्सवादी र परम्परावादी होइन । मैले धर्म सञ्चालनका बारेमा धेरै अध्ययन गरेकी छु । तपाईं धर्म सञ्चालनबारे जति अध्ययन गर्नुहुन्छ त्यति परम्परावादी हुनुहुन्न । तपाईं जति मार्क्सबारे अध्ययन गर्नुहुन्छ त्यति मार्क्सवादी हुनुहुन्न । किनभने त्यसले असर पार्छ । अनि त्यसमा विरोधाभाष पनि भेटिन्छ । अनि मार्क्स आफैँ पनि मार्क्सवादी थिएनन् । अनि मैले लेखक र दार्शनिकको व्यक्तिगत जीवनबारे पनि अवलोकन गरेकी थिएँ । मार्क्स आफै पनि पितृसत्ताका धेरै पक्षपाती थिए । वैध बच्चा सम्बन्धमा समेत उसकी महिलालाई सम्मान गर्दैन थिए । त्यसैले म अखण्डता मन पराउँछु । म दार्शनिकमाथि विश्वास गर्दिनँ । तिनीहरू न्यायका कुरा गर्छन् र पछि ऊ उसकी महिलालाई एकदमै निर्दयी व्यवहार गर्छ, जसले आफ्नो बच्चालाई चिन्दैन । म व्यक्तिगत जीवन र सार्वजनिक जीवनबीचका व्यवहारलाई छुट्याएर हेर्दिनँ ।  

–अहिले महिलाको जीवनलाई हेर्दा विशेषगरी इजिप्ट र अरबियन क्षेत्रमा केही बढी स्वतन्त्रताको नयाँ संसार पाएको तपाईं देख्नुहुन्छ ?   

अवश्य, महिला र पुरुषको एक समूह जो स्वतन्त्र भएका छन् । हामीसँग मध्यम वर्गका मानिसहरू स्वतन्त्र हुने कि परम्परावादी भई पछि सर्ने भनेर चेपुवामा परेका छन् । हामीसँग तेस्रो ग्रुप पनि छ जो प्रतिगमनतर्फ लागेका छन् । म एउटा महिलाको राम्रो उदाहरण दिन्छु । इजिप्टका महिलाहरूलाई हेर्नुभयो भने पूरै नकाबको घुम्टो लगाउँछन् । होस्सोलफी अथवा मुस्लिम ब्रदरका महिलाहरू हेर्नुभयो भने तिनीहरूले घुम्टो लगाएका हुन्छन् । तिनीहरू आफैँलाई पुरुषका लागि एउटा यौनको साधनका रूपमा सोच्ने गर्छन् र तिनीहरूले घुम्टो लगाउने गर्छन् । समाजका लागि यो धेरै प्रतिगामी सोच हो । 

यो इजिप्टमा मात्र होइन, यो जताततै भइरहेको छ । त्यसकारण मैले यसलाई स्थानीय र विश्वव्यापी भनेर छुट्याएको छैन । हामीले यसलाई ग्लोकल (ग्योबल र लोकल) भन्ने गरेका छौँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।