जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलनका कार्यक्रम घोषणा
सोमबार, ०३ माघ २०७८, १० : ०८
जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ । आइतबार बस जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ ।
सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड लागू गर्न भने जनमत पार्टीले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण