नवलपरासीमा एक महिला मृत फेला
सोमबार, ०३ माघ २०७८, ०९ : ४०
नवलपरासी (पूर्व) आइतबार एक महिला गोरेटो बाटोमा मृत फेला परेकी छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचा बस्ने ४० वर्षीया सरीता कुमाल आफ्नै घरबाट ५ सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी हुन्।
त्यहाँ प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले कुमालको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । उनका अनुसार पोस्टमार्टम रिर्पोट आए पछि मात्र घटनाको अनुसन्धान अगाडि बढाइने छ । कुमालका श्रीमान घरमै छन् । उनका दुई सन्तान छन् ।