एमाले रौतहट अध्यक्षमा प्रभु साहको एकलौटी, निवर्तमान अध्यक्ष गिरी पक्षद्वारा विद्रोह
नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलाैटी रुपमा राैतहटमा नयाँ नेतृत्व घाेषणा गरेकाे भन्दै अर्काे पक्षले विद्राेह गरेकाे छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेकाे हाे ।
एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनकाे घाेषणा गरिएकाे थियाे ।
तर, गिरिले 'अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध' भनेका छन् । 'अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। साेमबार दिउँसाे ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,' नयाँ कमिटी घाेषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।
तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान नै बदल्नतिर लागेर हामी कहीँ पुग्दैनौँ : उपमहासचिव ज्ञवाली
-
खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन नदिने निर्णयबाट पछि हट्यो सगरमाथा राष्ट्रिय निकुञ्ज
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर व्यवस्थापिका नराख्ने भनेको हो ? : रिजाल
-
भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो