
प्रसिद्ध कथक नर्तक पण्डित बिरजू महाराजको निधन

प्रसिद्ध कथक नर्तक पण्डित बिरजू महाराजको हृदयघातका कारण निधन भएको छ । पद्म विभूषणबाट सम्मानित ८३ वर्षीय महाराजले आइतबार राति अन्तिम श्वास लिए । उनका नाति स्वरांश मिश्राले सामाजिक सञ्जालमा पोष्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
गायिका मालिनी अवस्थी र अदनान समीले पनि सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन् । मालिनीले लेखेकी छन्, 'भारतीय संगीतको लय थामिएको छ । सुर मौन भएको छ । भाव शून्य भएको छ । कथकका सरताज पण्डित बिरजू महाराज अब रहेनन् ।'
लखनउ घरानासँग सम्बन्ध राख्ने बिरजू महाराजको जन्म सन् १९३८ फेब्रुअरी ४ मा भएको थियो । उनको असली नाम पण्डित बृजमोहन मिश्र हो । उनी कथक नर्तकका साथै शास्त्रीय गायक पनि थिए । उनले देवदास, डेढ इश्किया, उमराव जान र बाजीराव मस्तानी जस्ता चलचित्रमा नृत्य कोरियोग्राफ गरेका थिए । उनले सत्यजीत रायको चलचित्र 'शतरंजके खिलाडी'मा संगीत पनि दिएका थिए ।
उनलाई सन् १९८३ मा पद्म विभूषणबाट सम्मानित गरिएको थियो । सन् २०१२ मा उनलाई राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित गरिएको थियो । सन् २०१६ मा बाजीराव मस्तानीको 'मोहे रंग दो लाल' गीतका लागि उनलाई कोरियोग्राफीबाट फिल्म फेयर अवार्ड पनि दिइएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ