शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्ले र तलुवा जोड्ने दुधकोसीमा झोलुंगे पुल शिलान्यास

सोमबार, ०३ माघ २०७८, ०६ : ४७
सोमबार, ०३ माघ २०७८

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवा जोड्ने दूधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गरेका हुन् ।

 संघ सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाको  गरी ८५ लाख ८२ हजार (भ्याट सहित)मा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । ओखलढुंगा जानआउनका लागि महादेवबेँसी पुगेर नदी तर्न बाध्य सल्लेका नागरिकलाई लक्ष्यित गर्दै टिम्मुरे र पिप्ले जोड्ने पुल निर्माण सुरु गरिएको हो । झोलुंगे पुल बनेपछि टिम्मुरे र नाल्सु (तलुवा)का स्थानीय बढी लाभान्वित हुने नगरपालिकाले जनाएको छ । 

निर्माण कम्पनी नम्बुर अनसुवी अनसुमन जेभीले आगामी असार मसान्तसम्ममा पुरा गर्नेगरी झोलुंगे पुल निर्माणको सम्झौता गरेको हो । झोलुंगे पुल निर्माणका लागि नगरपालिकाले १९ माघ २०७७ मा टेण्डर आव्हान गरेको थियो । कोभिड–१९ को कारण ढिलागरी पुलको काम अघि बढेको मेयर राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप