विश्व इतिहासमा आज : सुरक्षा परिषद्को पहिलो बैठकदेखि जापानको विनाशकारी भूकम्प
![विश्व इतिहासमा आज : सुरक्षा परिषद्को पहिलो बैठकदेखि जापानको विनाशकारी भूकम्प](https://rpcdn.ratopati.com/media/albums/today-in-world-history-_6JgqX7ZUoS.jpg)
आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :
जापानको विनाशकारी भूकम्प
सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।
सुरक्षा परिषद्को पहिलो बैठक
सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।
डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु
सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना