कोरोनाले बढाउँदैछ मानसिक समस्या

कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।
उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् । विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र पङ्क्तिमा खटिनेमा परिवारका सदस्यमा पनि सङ्क्रमण हुने हो कि भन्ने चिन्ताले मानसिक समस्या निम्ताइरहेको उपाध्यायको भनाइ छ ।
सङ्क्रमणका बेला निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने र डिप्रेसन हुने जस्ता समस्या बढेको उनी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने