स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै
सोमबार, ०३ माघ २०७८, ०६ : १०
पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।
उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २० गते भन्सार विभाग घेराउ गर्ने आजपाको निर्णय
-
उपनिर्वाचनमा किन हार्यो कांग्रेस ?
-
सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी
-
लगानी सम्मेलनको होटल र इभेन्ट म्यानेजमेन्टको खर्च मात्र ३ करोड ८० लाख
-
भिसा नआएको विषयमा मन्त्री श्रेष्ठले एन्फाबाट लिए जानकारी
-
यस्तो छ ‘पुजार सार्की’को गीत ‘रिमै’