शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८६ वर्षीय बलिउड अभिनेता धर्मेन्द्रको यस्तो छ कोरोनाबाट बच्ने तरिका

आइतबार, ०२ माघ २०७८, २२ : २२
आइतबार, ०२ माघ २०७८

बलिउडमा कोरोना कहर दिन प्रतिदिन बढ्दो छ । अहिलेसम्म बलिउडका कयौं स्टार कोरोना संक्रमित भएका छन् । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र भने कोरोनासँग बच्न अनेक उपाय गरिरहेका छन् । यसैबीच उनले आफ्नो फिटनेस राज समेत शेयर गरेका छन् । जसमा उनले आफुलाई फिट राख्न नियमित वाक गर्ने गरेको बताएका छन् ।

८६ वर्षका धर्मेन्द्र आफुलाई कोरोनाबाट सुरक्षित राख्न अहिले मुम्बईबाट टाढा इन लोनावालामा रहेको आफ्नो फर्म हाउसमा बस्छन् । त्यहाँ उनले आफु फिट राख्न नियमित एक्सरसाइज र नियमित चेकअप समेत गर्ने गरेको बताए । ‘मलाई ‘दमन’ को सुटिङका लागि जानुपर्ने थियो । तर मैले सुटिङ क्यान्सिल गर्दिए’ धर्मेन्द्रले भने ।

धर्मेन्द्र छिट्टै करण जौहरको फिल्म ‘रकी और रानीको प्रेम कहानी’ मा देखिनेछन् । यसको अलवा उनी होम प्रोडक्सनको फिल्म ‘अपने २’ मा समेत काम गर्नेछन् । फिल्ममा उनको अलवा उनका दुई छोरा सनी देओल, बबी देओलको अलवा सनी देओलका छोरा करण देओलको पनि अभिनय रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप