
मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली शान्ति सेनालाई प्रशंसापत्र
मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीले प्रशंसापत्र प्राप्त गरेको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) तेस्रो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प्रशंसापत्र प्रदान गरिएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार सो इलाकामा मंसिर २७ देखि पुस ८ सम्म सञ्चालन गरेको गस्ती ‘जबर–१’ तथा पुस ९ देखि हालसम्म सञ्चालन गरेको गस्ती ‘जबर–२’ का क्रममा त्यहाँ रहेका हतियारधारी समूहलाई नेपाली सैनिक टोलीले हटाउन सफल भएको हो ।
मिशन अन्तर्गतको जिम्मेवारी पूरा गर्दै नागरिक सुरक्षामा प्रभावकारी कार्य गरेको भन्दै ‘मिनुस्का, फोर्स हेडक्वाटर’ बाट नेपाली सैनिक टोलीले ‘द फोर्स कमान्डर्स कमेन्डेशन’ प्राप्त गरेको जनाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ