बहुला कुकुर पानी देखेर तर्सेजस्तै गठबन्धन चुनावदेखि तर्सिरहेको छ : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले 'बहुला कुकुर पानी हेरेर तर्से' जस्तै अपवित्र गठबन्धनको सरकार चुनावको नामै सुनेर तर्सिरहेको टिप्पणी गरेका छन् । हाईड्रोफोबिया रोग लागेजस्तै ५ दलीय गठबन्धनको सरकारलाई चुनाव फोबिया रोग लागेको उनले जिकिर गरेका हुन् ।
रौतहटको कटहरियास्थित एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले ५ वर्ष सरकार चलाउने सहमतिमा माओवादी पार्टीसँग एकता भएको भए पनि मात्र २ वर्षपछि नै प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्न विभिन्न षड्यन्त्रमा लागेको आरोप लगाए । एमालेको स्थिर सरकार देख्न नचाहने शक्तिले प्रचण्ड र माधव नेपाललाई कठपुतली बनाएर ओली नेतृत्वको सरकार ढाल्न लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाको पछिपछि घुमाई रहेको पनि उनले दाबी गरे ।
नेकपा विभाजनमा प्रभु साह, रामबहादुर थापा, टोपबहादुर रायमाझी जस्ता होनहार नेताहरूले एमाले रोजेपछि प्रचण्डलाई ठूलो धक्का लागेको उनले बताए । सरकारबाट बहिर्गमनपछि एमाले कमजोर हुन्छ भनी गठबन्धन साझेदारहरूले सोचेको तर सरकार बाट बाहिरिँदा एमाले झन् जनता माझ लोकप्रिय भएको देखेर प्रचण्ड र माधव नेपाल हतोत्साहित भएको उनको तर्क थियो छन् ।
'अहिले प्रचण्ड र माधव नेपाल एमालेसँग डराएर कुरैपिछे गठबन्धन तोड्नुहुँदैन, चुनाव पछिसम्म हुनुपर्छ भन्दै हिँडेका छन्,' उनले भने ।
कम्युनिस्ट आन्दोलनलाई धोका दिएका प्रचण्डले आफू कम्युनिस्ट भएको भने कुनै नैतिकता नरहेको उनको भनाइ छ । त्यस्तै १५ वर्ष एमालेमा एकछत्र राज गरेका माधव नेपालले 'मलाई ओलीले मान गरेन अपमान गर्यो' भन्नू हास्यास्पद रहेको बताउँदै उनै ओलीको सहयोगमा १५ वर्ष पार्टीको महासचिव बनाउंदा मान गरेन उनको प्रश्न रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत
-
भोलिदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै
-
दुई दलीय संयन्त्रको बैठक : कांग्रेसको सरकार छाड्ने धम्कीको विषयमा के भयो छलफल ?