शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीश खड्कासहित २४ जनालाई कोरोना पुष्टि, कामकाज प्रभावित

आइतबार, ०२ माघ २०७८, १९ : २७
आइतबार, ०२ माघ २०७८

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कोरोना लागेको आशंकामा आइतबार मात्रै ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ । प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमित हुने कर्मचारीको सङ्ख्या बढेसँगै कन्ट्याक्ट ट्रेसिङका परेकाहरूलाई परीक्षण गर्न र नतिजा नआउन्जेल सजग रहन भनिएको छ । 

कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ । आइतबार स्वाब दिएकाहरूको रिपोर्ट आएपछि मात्रै कर्मचारीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता दाहालले बताए । 

अधिवक्ताहरूमा पनि सङ्क्रमण पुष्टि

त्यसैगरी नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू सबिता भण्डारी, भीमसेन बञ्जारा, राजेश्वर अधिकारी लगायत २० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सरकारले नारा जुलुस गर्न बन्देज लगाएको भए पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार लगायतले विगत ७८ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप