थोरै जनशक्तिले कार्यालय सञ्चालन गर्न जङ्गी अड्डाको सर्कुलर
आइतबार, ०२ माघ २०७८, १९ : ०९
नेपाली सेनाले कोभिड–१९ को तेस्रो चरण सुरु भएसँगै थोरै जनशक्तिले सैनिक गतिविधि सञ्चालन गर्न देशभर सर्कुलर गरेको छ । नेपाली सेनाको युद्धकार्य निर्देशनालयले आइतबारबाट लागु हुने गरी उपत्यका सहित चारवटा कमाण्ड र मातहतका सबै युनिटलाई सो सर्कुलर गरेको हो ।
सर्कुलर अनुसार कार्यालय सञ्चालन गर्दा न्यूनतम जनशक्ति मात्रै परिचालन गर्न भनिएको एक जना उच्च सैनिक अधिकारीले रातोपाटीलाई बताए । सेनाले अन्य सैनिक गतिविधि गर्दा पनि न्यूनतम सैनिक सङ्ख्या परिचालन गर्न भनेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक करिब ५ हजारको हाराहारीमा पुग्न थालेपछि सेनाले सो सर्कुलर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे
-
कपनबाट पेस्तोल लगायतका हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ
-
कर्णालीमा एमाले र माओवादीको प्रतिष्ठाको लडाइँ : माओवादीको शक्ति कति ?
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ