खल्ती एप्सको कर्मचारी हुँ भन्दै ‘ओटीपी कोड’मागेर ठगी
![खल्ती एप्सको कर्मचारी हुँ भन्दै ‘ओटीपी कोड’मागेर ठगी](https://rpcdn.ratopati.com/media/albums/Untitled-1_P9oaZyrerC.jpg)
खल्ती एप्सको ‘कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर–२ घर भएका १८ वर्षका निरञ्जन कुमार गुप्ता र १८ वर्षीय करण यादव छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर उनिहरुलाई पुस ३० मा पक्राउ गरेर काठमाडौं ल्याएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।
आरोपीहरुले खल्ती एप्स प्रयोगकर्तालाई फोन गरेर ‘म खल्ती एप्सको कर्मचारी हुँ, तपाईको खल्ती खाता नवीकरण गर्नुपर्ने रहेछ’ भन्थे । पीडितलाई विश्वासमा लिएर मोबाइल नम्बरमा आउने ओटिपी कोड ‘कसैलाई नदिई टिपाउनुहोला’ भनेर उनीहरुले कोड लिने गरेका थिए । सो कोड पाएपछि पीडितको खातामा प्रवेश गरेर त्यहाँ भएको रकम विभिन्न व्यक्तिहरुको बैंक खातामा ट्रान्सफर गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
निरञ्जन र कणको समूहले अहिलेसम्म ४ जनाको खातामा प्रवेश गरेर २ लाख रुपैयाँ ठगेको भेटिएको एसएसपी कुँवरले बताए । लुटमा संलग्न अरु दुईजना फरार छन् । उनीहरुले मोवाइल नम्बर ९८४८३९६४९२ बाट फोन सम्पर्क गर्ने गरेका थिए । आरोपीहरुलाई ठगी मुद्दामा कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान