जापानले जारी गरेको सुनामीको चेतावनी रद्द
आइतबार, ०२ माघ २०७८, १७ : ०३

प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएकोे थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ : ०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो । –एएनआइ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?