लता मंगेशकर अझै आईसीयूमै
भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।
९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको छ ।’ मंगेशकरकी भतिजी रचना शाहले बिहीबार उनको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै मिडियालाई परिवारको निजी मामिलालाई सम्मान गर्न अनुरोध गरेकी थिइन् ।
भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता