लता मंगेशकर अझै आईसीयूमै
भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।
९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको छ ।’ मंगेशकरकी भतिजी रचना शाहले बिहीबार उनको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै मिडियालाई परिवारको निजी मामिलालाई सम्मान गर्न अनुरोध गरेकी थिइन् ।
भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण