सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो
आइतबार, ०२ माघ २०७८, १६ : २६

नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन् ।
साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट