सरकारले भन्यो– लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो
आइतबार, ०२ माघ २०७८, १६ : २६
नेपाल सरकारले भारतीय पक्षलाई नेपाली भूभागमा एकपक्षीय ढंगले गरेको सडक विस्तार रोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले लिपुलेकमा भारतीय पक्षले गरेको सडक निर्माण रोक्न आग्रह गरेको बताएका हुन् । त्यस्तै सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पस्ट भएको बताएका छन् ।
साथै मन्त्री कार्कीले नेपाल भारत बीच रहिआएको घनिष्ठ र मैत्रिपुर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण