बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कलङ्कीमा बसको ठक्करबाट एक किशोरको मृत्यु, एक घाइते

आइतबार, ०२ माघ २०७८, १५ : ४०
आइतबार, ०२ माघ २०७८

काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति  ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि  फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप