च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित
आइतबार, ०२ माघ २०७८, १५ : २८

नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ । यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशिष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।
पुलिस आठ खेलमा सात अंक जोडेर ११ औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३ औं स्थानमा छ । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना
-
भलिबललाई जीवन बनाएकी संगीता
-
१५ दिनदेखि शिक्षकहरू सडकमा, सबैलाई आन्दोलनमा सहभागी हुन उर्दी (तस्बिरहरू)
-
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
-
नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह