च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना, पुलिसविरुद्धको खेल स्थगित
आइतबार, ०२ माघ २०७८, १५ : २८
नेपाल पुलिस क्लबविरुद्ध आज खेल्दै गरेको च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना देखिएपछि अपरान्ह पौने ५ बजे तय खेल स्थगित भएको छ । यसअघि प्रि–म्याचमा च्यासलका सहायक प्रशिक्षक आशिष राना मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोरोना देखिएको बताएका थिए । त्यसपछि गरिएको अन्य खेलाडीको रिपोर्टसमेत पोजिटिभ आएपछि खेल स्थगित गरिएको हो ।
पुलिस आठ खेलमा सात अंक जोडेर ११ औं र च्यासल आठ खेलमा पाँच अंक जोडेर १३ औं स्थानमा छ । ‘ए डिभिजन लिग कोरोनाको कारण स्थगित भएको पहिलोपटक हो । स्थगित खेल कहिले हुने त्यो भने बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण