फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन थालियो (फोटोफिचर)

सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबारदेखि कोरोनाभाइरस विरुद्धको बुस्टर डोज खोप दिन थालिएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिन थालिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आजदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज आग्रह गरेको थियो ।
यसैबीच ललितपुरको पाटन अस्पतालले फ्रन्टलाइनरलाई कोरोना विरुद्धको तेस्रो डोज दिन थालेको छ । अस्पतालमा कार्यरत स्टाफलाई आजदेखि तेस्रो डोज दिन थालिएको हो । अस्पतालमा कार्यरत स्टाफलाई दिन छुट्याएर हरेक दिन ५०० जनालाई खोप लगाउन थालिएको अस्पताल प्रशासनले जनाएको छ ।
तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट