प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्म स्थगित
आइतबार, ०२ माघ २०७८, १४ : ३६
प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो ।
संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको बताएका छन् ।
यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण