शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड–१९ महामारी : महाराष्ट्रमा मात्र १ लाख ४१ हजारको मृत्यु

आइतबार, ०२ माघ २०७८, १४ : १८
आइतबार, ०२ माघ २०७८

भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । 

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन् । त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ । त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप