शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको फिल्म ‘एक्स ९’ को सुटिङ स्थगित

आइतबार, ०२ माघ २०७८, १३ : २५
आइतबार, ०२ माघ २०७८

अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ फेरि पछि धकेलिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । यसअगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको छ ।

‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायाङ्कन फेरि सरेको छ’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको जानकारी दिइसकेका छौँ ।’ यस अगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको थियो । अनमोलका अलवा फिल्ममा सौगात मल्ल, पुष्प खड्का, राज कट्वाल पनि मुख्य भूमिकाका लागि छानिएका छन् । बलिउड अभिनेता सुनिल सेट्टीको पनि यसमा अभिनय रहने चर्चा छ । 

‘एक्स ९’ स्थगित भएपछि अनमोल अब बुबा भुवन केसीको फिल्मको काममा जुट्ने भएका छन् । भुवनले आफ्नो होम प्रोडक्सनमा अनमोल लिएर फिल्म ‘पारस’ बनाउन लागेका हुन् । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप