शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार परिसूचक २९ सय अंकमाथि

आइतबार, ०२ माघ २०७८, १३ : ०४
आइतबार, ०२ माघ २०७८

साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ सय ३९ अंकमा पुगेको छ । २८ सय ७३ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक बढेर २९ सय अंक माथि पुगेको हो । 

यसक्रममा यो समाचार तयार पार्दासम्म परिसूचक ८१.३० अंकले बढेको छ । यस्तै, पाँच अर्ब ८ करोड रुपैयाँ बराबरको ९६ लाख ५४ हजार कित्ता सेयर किनबेच भएको छ । अहिलेसम्म मध्य भोटेकोसी जलविद्युत कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य समान ९÷९ प्रतिशत बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप