
हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाँडिएसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा रद्द

हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो ।
गत शुक्रबार बसेको हिमालयन बैंकको विशेष साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेको थियो । मर्जर प्रस्ताव पारित गर्नका लागि गत पुस ३० गते बैंकले बोलाएको विशेष साधारणसभामा अध्यक्ष प्रचण्डमान श्रेष्ठसँगै प्रमुख सेयर होल्डर कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा लिखित रुपमै मत जाहेर गरेपछि मर्जरको वातावरण धुमिल भएको हो ।
योसँगै दुई बैंक बीचको एक बराबर एक शेयर आदानप्रदानका आधारमा हुने भनिएको मर्जरको प्रयास अन्तिम घडिमा आएर भाँडिन पुगेको छ । यसैको प्रभाव यता मर्जरकै लागि भनेर इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा समेत स्थगित हुन पुगेको हो । अन्तिम समयमा आएर मर्जर प्रक्रिया भाँडेसँगै राष्ट्र बैंकले यी दुबै बैंकलाई कारबाही गर्ने जनाइसकेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ