बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता

आइतबार, ०२ माघ २०७८, १२ : ४७
आइतबार, ०२ माघ २०७८

आइतबार बिहान १० बजे पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि  काठमाडौंमा नै  अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले रातोपाटीलाई बताए ।

सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दियो । त्यसपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।
ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थलका प्रमुख गुरागाईंले बताए । अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । सो जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप