बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

आइतबार, ०२ माघ २०७८, १२ : २०
आइतबार, ०२ माघ २०७८

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।

 आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।

बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप