बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ८ जना मृतावस्थामा फेला

आइतबार, ०२ माघ २०७८, १२ : १७
आइतबार, ०२ माघ २०७८

देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे बस्ने कृष्ण बाहदुर बिसीको घरको कोठामा शनिबार साँझ ४ जना मृत अवस्थामा फेला परेका छन् । 

मृत अवस्थामा फेला पर्नेहरुमा कृष्ण बिसीकी श्रीमती ३२ वर्षीया कल्पा बिसी, उनको छोराहरु ९ वर्षीय निरज बिसी र ८ वर्षीय चिरञ्जिबी बिसी तथा  मृतक कल्पना बिसीको दाईको छोरा ६ वर्षीय सोमराज बुढा रहेका छन् । उक्त कोठाको खाटमुनी तसलामा कोइला बालेको अवस्थामा रहेको फेला परेको थियो ।   

यसैगरी झापाको दमक नगरपालिका-७ स्थित  रेडक्रस भवन अगाडिको बाटोमा सोही नगरपालिका-७ पशुहाटमा डेरा गरी बस्ने मोरङ रतुवामाई नगरपालिका-७ सिजुवा घर भएका ४० वर्षीय विष्णु सहनी शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।  
     
यसैगरी ललितपुरको ललितपुरको मंगलबजारमा  पनि उदयपुर घर भएकी ३२ वर्षीया सरस्वती मगर आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छन् भने डोटीको आदर्श गाउँपालिका-६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी पनि आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी कैलालीको टिकापुर नगरपालिका-८ चौगुर्दीस्थित कर्णाली नदीको किनारामा अन्दाजी  ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप