बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानका भाञ्जाले जुही चावलालाई राखेका थिए प्रेम प्रस्ताव, नायिकाको डेब्यू फिल्ममा गरेका थिए काम

आइतबार, ०२ माघ २०७८, १२ : १२
आइतबार, ०२ माघ २०७८

बलिउड नायिकामाथि को फिदा हुँदैनन् होला । सर्वसाधारणदेखि बलिउडकै युवा पनि, थुप्रैले नायिकालाई आफ्नो मन सुम्पिइसकेका छन् । आमिर खानका भाञ्जा अभिनेता इमरान खान पनि सानै उमेरदेखि नै एक सुन्दर नायिकालाई मन पराउने गर्दथे । किस्सा रोचक छ । दुई दिन अघि इमरानको जन्मदिनमा पूर्व मिस इन्डियासमेत रहेकी नायिका जुही चावलाले इमरानको यो रमाइलो सिक्रेट सेयर गरेकी छिन् ।

जुही चावलाले इमरानलाई जन्मदिनको शुभकामना दिँदै एउटा पोस्टमा लेखिन्, ‘इमरान जब ६ वर्षक थिए तब उनले मलाई प्रस्ताव राखेका थिए !! हिराको पहिचान त्यतिबेला देखि नै थियो उनलाई । मसँग विवाह गर्न चाहने सबैभन्दा कान्छा व्यक्तिलाई जन्मदिनको शुभकामना । तिम्रा लागि सय रुख इमरान ।’  जुहीले आफ्नो यो पोस्टमा इमरानको बाल्यकालको तस्बिर पनि साझा गरेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Juhi Chawla (@iamjuhichawla)

जुहीको डेब्यु फिल्ममा गरे कामः

इमरानले जुहीसँग उनको डेब्यु फिल्म ‘कयामत से कयामत तक’ मा काम गरेका छन् । यसमा इरानले बच्चा आमिर खानको भूमिका निभाएका थिए । पछि सन् २००८ मा निर्देशक अब्बास टायरवालाको फिल्म ‘जाने तू या जाने ना’ मा जेनेलिया डिसूजासँग इमरानले बलिउडमा डेब्यू गरेका थिए । उनलाई पछिल्लो पटक सन् २०१५ मा कट्टी बट्टीमा कंगना रानौतको अपोजिटमा देखिएके थियो । उनी फिल्मबाट टाढा भएको अब लगभग सात वर्ष बितिसकेको छ ।

 ८ वर्षको विवाहपछि अलग्गिए इमरान–अवन्तिकाः

इमरानको वैवाहिको जीवनबारे पनि निकै चर्चा भएको थियो । श्रीमती अवन्तिका मलिकसँग छुट्टिएको खबर असाध्यै चर्चामा आएको थियो । यी दुईका एक छोरी पनि छिन् । आठ वर्षको विवाह पछि सन् २०१९ मा यी दुई अलग बस्न सुरु गरे । अब अवन्तिका आफ्नी छोरीसँग बस्छिन् । इमरानको साउथकी नायिका लेखा वासिङ्टनसँग अफेयर भएको चर्चासमेत थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप