अमेरिका : चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप
डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ ।
टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चरमपन्थको धम्की’ दिनुका साथै उनीमाथि प्रहरी अधिकारीलाई झुक्याएको, सरकारी आदेशको उल्लंघन गरेको, प्रतिबन्धित हुँदा पनि गाडी चलाएको र अवैध हतियार राखेको जस्तो आरोप लागेका छन् ।
एडल्ट स्टारको विवादसँग पुरानो नाता !
द सनको रिपोर्ट अनुसार टेमी लिन जसलाई डब्ल्यूडब्ल्यूई रिङमा सन्नीको नामले चिनिन्थ्यो। लाई अघिल्लो हप्ता प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लगाइएको आरोप पुष्टि भए टेमीलाई ३–५ वर्षको जेल सजाय हुनसक्छ । यद्यपि, टेमी लिनले पहिलो पटक जेलको हावा खानु परेको यो पहिलो घटना भने होइन ।
उनको विवादसँग पुरानो नाता छ । फेब्रुअरी सन् २०१९ मा उनलाई गैरकानुनी रुपमा गाडी चलाएकोका दोषी पाइयो । त्यसपछि भिन्न–भिन्न मामिलामा कम्तीमा ६ पटक उनलाई पक्राउ गरिएको छ । उनले धेरै समय जेलमा बिताएकी छिन् । सन् २०१८ मा उनी लगभग ८ महिना जेलमा बसिन् ।
को हुन् टेमी लिन ?
स्मरण रहोस्, टेमी लिन डब्ल्यूडब्ल्यूई रेसलर हुन् । रेसलिङबाट बिदा भएपछि उनी पोर्न उद्योगतिर लागिन् र असाध्यै चर्चा बटुलिन् । यसअघि सन् १९९५ देखि १९९८ सम्म तत्कालीन विश्व कुश्ती संघमा पनि भाग लिएकी थिइन् ।
सन् १९९६ मा वर्ल्ड रेसलिङ फेडरेशनमा कुश्तीका बेला उनी इन्टरनेटमा सबैभन्दा बढी डाउनलोड गरिने हस्ती थिइन् । सन् २०११ मा टेमीले डब्ल्यूडब्ल्यूई हल अफ फेममा समावेश गरियो । सन् २०२० मा उनले एक एडल्ट वेबसाइटबाट करोडौँ कमाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?