अब साउथ फिल्मको ‘रिमेक’ मा बलिउड स्टार

बलिउडमा साउथ फिल्मको रिमेक बन्नु नौलो कुरा होइन । सन् २०२१ मा थुप्रै साउथ फिल्महरु बनेका छन् । भने, फेरि पनि नयाँ फिल्महरु निर्माण हुँदैछन् । ‘जर्सी’, ‘सेल्फी’, ‘हिट’, ‘शहजादा’आदि फिल्म निर्माण भइरहेका छन् । अब आउने नयाँ फिल्ममा शाहिद कपूरदेखि सलमान खानसम्म देखिनेछन् ।
तमिल एक्सन ड्रामा फिल्म ‘मास्टर’ शानदार फिल्ममध्ये एक हो । उक्त फिल्म गत जनवरी महिनामा रिलीज भएको थियो । रिपोर्टको अनुसार यो फिल्म हिन्दीमा रिमेक हुने भएको छ । फिल्ममा सलमान खानले मुख्य भूमिका निभाउने विषयमा छलफल भइरहेको छ । यस विषयमा के निर्णय हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
तेलुगु फिल्म ‘जर्सी’ एक स्पोर्टस ड्रामा हो । यसको निर्देशन गौतम तिन्नानुरीले गरेका हुन् । यस फिल्मको रिमेक हिन्दीमा निर्माण भएको छ । फिल्ममा बलिउड स्टार शाहिद कपूरले मुख्य भूमिका निभाउनेछन् ।
तमिल ड्रामा फिल्म ‘सोराराय पोटू’ लाई सुधा कोंगराले निर्देशन गरेका हुन् । यो फिल्ममा सुपरस्टार सूर्याले मुख्य भूमिका निभाएका थिए । रिपोर्टका अनुसार फिल्मको हिन्दी रिमेकमा भने अक्षय कुमारले मुख्य भूमिका निभाउने छन् ।
साइकोलोजिकल थ्रिलर तमिल फिल्म ‘अन्निया’ लाई एस शंकरले निर्देशन गरेका थिए । यो फिल्ममा मुख्य भूमिकामा विक्रमले अभिनय गरेका थिए । यस फिल्ममा अब हिन्दी रिमेकमा भने रणवीर सिंहले गर्ने भएका छन् ।
फिल्म ‘विक्रम वेधा’ ले सन् २०१७ मा बनेको सबैभन्दा हिट फिल्म हो । यसलाई पुष्कर–गायत्रीले निर्देशन गरेका थिए । फिल्ममा माधवन र विजय सेतुपतीले मुख्य भूमिका निभाएका थिए । यो फिल्मको हिन्दी रिमेक बन्ने भएको छ । यसमा ऋतिक रोशनले मुख्य भूमिका निभाउने भएका छन् । सैफ अली खानले पनि यो फिल्ममा काम गर्ने भएका छन् । भने, राधिका आप्टे पनि फिल्ममा देखिनेछिन् ।
तेलुगु फिल्म ‘अल वैकुंठपुरमलो’ सन् २०२० मा बनेको सबैभन्दा हिट फिल्म हो । यो फिल्मको पनि हिन्दी रिमेक बन्ने भएको छ । फिल्ममा बलिउड स्टार कार्तिक आर्यनले मुख्य भूमिका निभाउने भएका छन् ।
एक्सन थ्रिलर फिल्म ‘हिट’ पनि तेलुगु फिल्म हो । यसले पनि बक्स अफिसमा धमाकेदार कलेक्शन गरेको थियो । यस फिल्मको पनि हिन्दी रिमेक बन्ने भएको छ । जसमा राजकुमार रावले मुख्य भूमिका निभाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब